00:00:00
राष्ट्रिय

पेट्रोलियम पदार्थको भाउ बढाएपछि चौतर्फी विरोध

आइतबार असोज १४, २०८०/ Sunday 10-01-23

असोज १४, 
नेपाल आयल निगमले गए राति पेट्रोलियम पदार्थको भाउ बढाएपछि चौतर्फी विरोध भइरहेको छ । निगमले पेट्रोल लिटरमा दुई रुपैयाँ र डिजल तथा मट्टीतेल लिटरमा छ रुपैयाँले बढाएको थियो ।

उता सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय १५ रुपैयाँले बढाएको थियो । निगमले हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर आठ रुपैयाँले बढाएको थियो ।
 

तपाईको प्रतिक्रिया