सहकारीको सफलताका लागि आर्थिक पार्दर्शिता र सामुहिक एकताको भावना हुनुपर्ने
तिलोत्तमा, बिन्दु भट्टराई
सहकारी संस्था राम्रो र सफल बनाउन बाहिरी सौन्द्रयता भन्दा पनि आर्थिक पार्दर्शिता र सामुहिक एकताको भावना आबस्यक रहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनीहरुले संस्थाको सफलता इमान्दारीता र पार्दर्शितामा रहेकोमा जोड दिएका हुन् ।
श्री कृष्ण गण्डकी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको शनीबार सम्पन्न चौथो साधारण सभा तथा तिजमिलन कार्यक्रममा सल्लाहकार दिपक न्यौपाने, होमनाथ न्यौपाने , सागर न्यौपाने ,रमेश न्यौपाने,कार्यसमिती सदस्य विनुकला पाण्डे, प्रकाश न्यौपाने, बलाराम न्यौपाने लगायतले ब्यक्ति आर्थिक रुपमा सवल हुन बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभएको हो । उहांहरुले सहकारीलाई नमुना सहकारीका रुपमा अगाडि बढाउने गरी आफुहरु लागेको समेत बताउनुभयो ।
संस्थाका अध्यक्ष राजेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष न्यौपानेले पछिल्लो समय सहकारीहरुका समस्या सुनिराखेको अवस्थामा यो सहकारीमा कुनै समस्या नभएको र समस्या आउन नदिने पनि प्रतिवद्धता ब्यक्त गर्नुभयो । साधारण सभाको अवसरमा सहकारीले संस्थालाई फनिचरका सामाग्री उपलब्ध गराएर सहयोग गरेको भन्दै लुम्विनी फर्निचर उद्योगलाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक शिवप्रसाद न्यौपानेले लेखाप्रतिवेदन प्रस्तत गर्नुभएको थियो भने उपाध्यक्ष खिमानन्द गौडेल (गोपाल)को स्वागत र उमेश बस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
तपाईको प्रतिक्रिया