तिलोत्तमा वडा नम्बर ९ द्धारा तिजगित प्रतियोगिता संगै दर खाने कार्यक्रम सम्पन्न
तिलोत्तमा,बिन्दु भट्टराई
तिलोत्तमा वडा नम्बर ९ ले तिजगित प्रतियोगिता संगै दर खाने कार्यक्रम सम्पन्न गरेको छ । वडाभित्रका टोलबिकास संस्थाका मातहतमा रहेका आमा समुहलाई लक्षित गरि प्रतियोगिता गरिएको हो ।
एकआपसमा मेलमिलाप संगै तिज पर्वको मौलिकता जोगाउने उद्देश्यले प्रतियोगिता गरिएको वडा अध्यक्ष ध्रुव न्यौपानेले बताउनुभयो । उहांले शन्देश ,सुझावलाई गितको माध्यमबाट सहि ठांउमा पुग्न सहज हुनेहुनाले पनि यस्ता प्रतियोगिता प्रभावकारी बन्नेमा जोड दिनुभयो ।
वडा सल्लाहकार नेत्र वनले वडावासीविच परिचय र सहकार्यलाई कार्यक्रमले जोड्न सक्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा कृष्टल नलेज एकाडेमीका प्रिन्सीपल खेमेन्द्र राना,ज्ञानोदय टोलबिकास संस्थाका अध्यक्ष प्रकाश न्यौपाने ,वडा सदस्य कमल रेग्मिले महिला समाजको खम्बा भएकोले सामाजिक रुपमा शसक्त भएको महिला आर्थिक रुपमा बलियो बन्नुपर्ने बताउनुभयो । बिश्वशान्तीका प्रधानाध्यापक डोलराज पाण्डे, मृगेन्द्र रिजाल ,मन्जु पाण्डे लगायतले पछिल्लो समयमा हराउंदै गएको संस्कार संस्कृतीको जगेर्नामा यस्ता प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्न सक्ने विश्वास ब्यक्त गर्नुभयो । प्रतियोगितामा ७ वटा टोल बिकास संस्थाबाट ७ समूहले सहभागिता जनाएका थिए ।
जसमा प्रथम ज्ञानोदय टोलबिकास संस्थाका आमा समूह भएको छ । द्धितीय शंकरपुर टोलबिकास संस्थाका आमा समूह त्यस्तै मंगलापुर पुर्व तृतिय भएको छ । भने नन्देश्वर र तुल्सीपुर टोलविकास संस्थाका आमा समुहले सान्तवना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा बढ्दो महंगी वडाको समग्र बिकासका विषयलाई समेटिएको प्रतियोगितामा वडा सदस्य मिस्सु शाहिले स्वागत गर्नुभएको थियो भने लभसन गुरुङले संचालन गर्नुभएको हो ।
तपाईको प्रतिक्रिया