00:00:00
स्थानिय

मेरो प्रतिनिधित्व युवाको लागी हो: सांसद बासुदेब घिमिरे

आइतबार भदौ १०, २०८०/ Sunday 08-27-23

तिलोत्तमा- २०८० भदौ १०

     रुपन्देही क्षेत्र नम्बर ५ का सांसद बासुदेब घिमिरेले प्रतिनिधी सभामा आफ्नो प्रतिनिधित्व सधै युवाका लागि हुने बताउनुभएको छ । राजनितिक यात्रामा संसदमा हुने हरेक निर्णयमा साक्षी बस्नुपर्ने बताउदै उहाले युवाको भरोसा टुट्ने काम आफुबाट कहिल्यै नहुने भन्नुभयो ।

  नमस्ते नेपाल बाल क्लवको प्रथम बाल सम्मेलनलाई रुपन्देहीको ड्राइभरटोलमा सम्बोधन गर्दै सांसद घिमिरेले सो कुरा बताउनुभएको हो । कार्यक्रममा बालबालिकाहरुले सांसद घिमिरेलाई बालअधिकारका क्षेत्रमा भएका नितिको फितलो कार्यान्वय, युवा बिदेश पलायन लगायताका बिषयमा जिज्ञासाहरु समेत राखेका थिए । बाल सम्मेलनका संयोजक दिप्सन अधिकारीको अध्यक्षता र सांसद बासुदेब घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नमस्ते नेपालका सल्लाहकार बाबुराम गैरे, संस्थाका सस्थापक अध्यक्ष अर्जुन खरेल, बर्तमान अध्यक्ष मनिस भुसाल, सचिव सन्दिप पौडेल क्षेत्री लगायतले सुभकामना मन्तब्य राखेका थिए । संस्थाका प्रवत्ता प्रशान्त ज्ञवालीको स्वागत र कविता अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
 
यसैबिच, नमस्ते नेपाल वाल क्लबको अध्यक्षमा सचेत बस्नेत चयन भएका छन । रुपनदेहीको ड्राइभरटोलमा शनिबार सम्पन्न नमस्ते नेपाल बाल क्लबको प्रथम बाल सम्मेलनले बस्नेतको अध्यक्षतामा १७ सदस्य रहेको बाल क्लव सर्बसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा सुमित भण्डारी, लिसा घिमिरे र एलिजा थारु चयन भएका छन । त्यस्तै सचिवमा निश्चल भट्टराई, सहसचिवमा रमिता न्यौपाने, कोषाध्यक्षमा अस्मिरा सुनार र सहकोषाध्यक्षमा अनुज देवकोटा चयन भएको नमस्ते नेपालका सस्थापक अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।

  क्लबको सदस्यहरुमा दृष्य भुसाल, अस्मिता खड्का, विवेक खड्का, आकृति पोखरेल, दुर्गा सुबेदी, जानुका क्षेत्री, कविता अर्याल, विपिना ज्ञवाली र आलिया खातुन रहेका छन । नमस्ते नेपाल बाल क्लब युवाहरुको सँस्था नमस्ते नेपालको भगिनी सँस्थाको रुपमा स्थापना भएको हो ।

२०६८ सालमा १६ बर्षमुनिका बालबालिकाहरुले स्थापना गरेको बाल क्लव नाम परिबर्तन हुदै नमस्ते नेपाल युवाहरुको सँस्था बन्न पुगेपछि हाल स्थापनाकालको मर्मलाई आत्मसाथ गर्दै बाल क्लब गठन भएको हो ।नमस्ते नेपालले अब देशभर ७ वटै प्रदेशमा संस्थालाई बिस्तार गर्ने र भबिष्यमा अन्तराष्ट्रिय स्तरसम्म बिभिन्न देशमा रहेका नेपाली युवाहरुलाई समेत समेटेर संस्थालाइ संस्थाको दायरालाई फराकिलो बनाउदै लैजाने लक्ष रहेको अध्यक्ष मनिस भुसालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया