00:00:00
राष्ट्रिय

आज नाग पञ्चमी नागको पूजा अर्चना गरी मनाइँदै

सोमबार भदौ ४, २०८०/ Monday 08-21-23

तिलोत्तमा । 

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ।

नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।


नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो।

आज  देशभरका नागदह, कुण्ड, र नाग स्थानमा नागको पूजाआजा गरिन्छ । 

तपाईको प्रतिक्रिया