00:00:00
स्थानिय

तिलोत्तमामा विद्यालय र सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थ बेच्न र सेवन गर्न रोक

बिहीबार श्रावण ११, २०८०/ Thursday 07-27-23

तिलोत्तमा २०८० साउन ११

  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक स्थल तथा विद्यालय आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरण एवं सेवनमा रोक लगाएको  नगर प्रमुख रामकृष्ण खाँणले जारी गरेको सूचनामा भनिएको छ। सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको कारबाही गरिने नगरपालिकाले चेतावनी समेत दिएको छ ।

 नगर प्रमुख खाँणले शिक्षण संस्था, स्वास्थ्य सम्बन्धी संस्था, वाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिक स्थल लगायत सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटर भित्रको घर पसलबाट सूर्तीजन्य पदार्थको विक्रि वितरण गरेको पाइए कानुन बमोजिम कार्वाही हुने बताउनुभयो ।
 
 ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को व्यवस्थाबमोजिम कसैले पनि शिक्षण संस्था, स्वास्थ्यसम्बन्धी संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिक स्थललगायत सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटरभित्रको घर पसलबाट सूर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न नपाइने व्यवस्था छ ।’

      नगर प्रमुख खाँणले बुधबार सूचना प्रकाशित गरी सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक लगाइएको जानकारी गराएका हुन् ।यसअघि तिलोत्तमा नगरपालिकाले नगरभित्र गुट्खाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउँदै अटेर गरे ५० हजार रुपैयाँसम्म जरिवाना हुने जनाएको थियो ।

तपाईको प्रतिक्रिया