00:00:00
स्वास्थ्य

तिलोत्तमा रक्तदाता समाजको पदस्थापन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

शनिबार श्रावण ६, २०८०/ Saturday 07-22-23

तिलोत्तमा २०८० साउन ६

   तिलोत्तमा रक्तदाता समाजको पदस्थापन तथा प्रशिक्षण कार्यक्रम शुक्रबार साँझ सम्पन्न भएको छ । गत पौष १ गते निर्वाचित भएका समाजका अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारीलाई तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाडँको प्रमुख आतिथ्यमा पदस्थापन र सपथ ग्रहण गराइएको हो ।

  कार्यक्रम कै अवसरमा रक्त सञ्चार केन्द्र बुटवलका प्राविधिक केशर गाहाले प्रशिक्षण समेत दिनुभएको थियो । सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख खांणले तिलोत्तमा रक्तदाता समाजले समाज सेवामा पुर्याएको योगदान अतुलनिय रहेको बताउनुभयो ।नगरप्रमुखखाडले युवाहरु सजक र जागरुक भै काम गरे देश निर्माणमा टेवा पुग्ने बताउनुभयो । आजको आवस्यकता नेतृत्व र व्यक्तित्व बिकाश भएको भन्दै खाडले तिलोत्तमा रक्तदाता समाजले त्यसको अभिभाकत्व लिनु पर्ने बताउनुभयो ।  

   तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोविन्द बन्जाडेको सभापतितित्व रहेको कार्यक्रममा नवनियुक्त सल्लाहाकारहरु राम प्रसाद ढकाल, अर्चित श्रेष्ठ, ज्ञान प्रसाद ज्ञावली, प्रकाश पोख्रेल, संजीव बस्याल,वार्ड नं ९ अध्यक्ष ध्रुव न्यौपाने, वार्ड नं ७ देवी पङ्गेनी, नेपथ्य कलेज का संचालक संजीव भण्डारी, तिलोत्तमा बिल्डरका संचालक रमेश ढकाल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया