तिलोत्तमा, २०८० साउन ०१
रूपन्देहीको कोटहीमाई ५ अवस्थित तिनाउ नदीमा बेवारिसे महिला शव फेला परेको छ। अन्दाजी २५ वर्ष देखिने महिलाको शव नदीमा तैरिरहेको अवस्थामा साझ ७:३० बजे स्थानीको खबरपछि प्रहरीले उक्त शव फेला पारिएको ईलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरीक्षक पंकज चुदालीले जानकारी दिनुभएको छ।
फोटो भएको टीसर्ट लगाएकी गोरो रंगभएकी उनी थारू अथवा पहाड समुदायको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक चुदालीले बताउनुभयो। जानकारी पाएछि घटना स्थलमा पुगी स्थानीय जनप्रतिनिधिको रोहबरमा मुचुलका गरी शवलाई अवश्यक अनुसंधानका लागि भिम अस्पतालमा भैरहवा पठाइएको प्रहरी निरीक्षक चुदालीले जानकारी दिनुभयो।
अहिलेसम्म शवको पहिचान हुन नसकेको प्रहरी निरीक्षक चुदालीले बताउनुभयो ।
तपाईको प्रतिक्रिया