00:00:00
राष्ट्रिय

बिहानैेदेखि नै देशभरका शिवमन्दिरमा भक्तजनको भिड

सोमबार श्रावण १, २०८०/ Monday 07-17-23

तिलोत्तमा । 
आज साउन महिनाको पहिलो सोमवार । साउनको सोमवार बिहानैेदेखि नै देशभरका शिवमन्दिरमा भक्तजनको भिड छ । यस क्षेत्रका सिद्धबाबा धाम,मोक्षधाम लगायतका शिवालयका मन्दिरमा भक्तजनको भिड लागेको छ 

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ । तर साउने सोमवारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले साउनका सबै सोमवार व्रत बस्न उपयुक्त हुने बताउनु भएको छ । यस्तै, आज सोमवार औँसी पनि हो । सोमवार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । 
 

तपाईको प्रतिक्रिया