क्रिमसन अस्पताल, घरदैलो सहकारी तथा पहुनी सहकारी बीच स्वास्थ्य सम्झौता
प्रकाश पाण्डे,तिलोत्तमा
२०८० असार २८
रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित क्रिमसन अस्पताल, घरदैलो बचत तथा ऋण सहकारी सस्था लिमिटेड तिलोत्तमा ४ डिंगरनगर र तिलोत्तमा ६ मा रहेको पहुनी बचत तथा ऋण सहकारी सस्था लिमिटेड बिच स्वास्थ्य सम्झौता भएकोे छ ।
क्रिमसन अस्पतालमा आयोजित बिशेष कार्यक्रमका बीच अस्पताल प्रशासन र पहुनी सहकारीबीच स–सर्त सर्वसुलभ स्वास्थ्य सेवाबारे लिखित सम्झौता सम्पन्न भएको अस्पतालका प्रमुख प्रसासकीय अधिकृत मनमोहन भट्टराईले जानकारी दिनुभयो । सम्झौतासंगै अब घरदैलो बचत तथा ऋण सहकारी सस्था लिमिटेड र पहुनी बचत तथा ऋण सहकारी सस्था लि मा आबद्ध शेयर सदस्यले अस्पतालले दिने सेवा शुल्कमा १० प्रतिशत छुट पाउने छन् ।
त्यसका लागि सेवाग्राहीले कार्ड बनाउनु पर्नेछ । कार्डले सधैका लागि काम गर्नेछ । यसैगरि स्वास्थ्य सम्झौता भएका संस्थामा आबद्ध अति बिपन्न बर्गलाई सिफारिश गरेको खण्डमा बेड र ल्याबमा समेत निशुल्क सेवा प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ । सेवाग्राहीले बिशेषाधिकार कार्ड बनाउन व्यक्तिगत बिवरण र एकप्रति फोटो सहित आफै अस्पतालमा आउनुपर्ने अस्पताल प्रशासनले जनाएको छ ।
सम्झौता पछि प्रतिक्रिया दिदै अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले, आम जनसमुदायको स्वास्थ सेवामा सर्वसुलभ पहुच बढोस भन्ने उद्धेश्यले स्वास्थ्य सम्झौता गरिएको र बिस्तारै क्रिमसन अस्पताललाई थप सेवा बिस्तार गर्दै आम जनताको पहुच र पहिलो रोजाईको अस्पताल बनाइने जानकारी दिनुभयो ।
सम्झौताका अवसरमा अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, अस्पतालका निर्देशक डा शेखर पोख्रेल, प्रमुख प्रसासकिय अधिकृत मनमोहन भट्टराई, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, घरदैलो बचत तथा ऋण सहकारी सस्था लिमिटेड तिलोत्तमा ४ डिंगरनगरका अध्यक्ष बाबुराम गौतम, शान्ता गौतम पहुनी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको तर्फबाट अध्यक्ष गणेश प्रसाद पन्थी, नारायण गिरि लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया