00:00:00
स्थानिय

तिलोत्तमामा विद्यार्थीले अब तोकिएको पसलबाट पोशाक किन्नु नपर्ने

सोमबार असार २५, २०८०/ Monday 07-10-23

तिलोत्तमा २०८० असार २५

 तिलोत्तमा नगरपालिकाले विद्यालयहरुलाई अभिभावक र विद्यार्थीको भावना विपरित निश्चित पसलबाट मात्र विद्यार्थीहरुको पोशाक खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना नगर्न निर्देशन दिएको छ ।

 विद्यालयहरुले ब्यापारीहरुसँगको मिलेमतोमा टेण्डर मार्फत पोशाक खरिद गर्ने प्रक्रिया मिलाई विद्यार्थी र अभिभावकहरुलाई निश्चित पसलबाट मात्र पोशाक खरिद गर्न बाध्यात्मक परिस्थिति सृजना गर्दा विद्यार्थीहरुले आफुलाई मिल्दो अनुसारको पोशाक लगाउन नपाएको गुनासो आएपछि यस्तो व्यवस्थामा रोक लगाएको नगरपालिकाले जनाएको छ ।

      यस कार्यालयमा विभिन्न माध्यमबाट गुनासो प्राप्त भएको हुनाले यस नगरभित्र सञ्चालित कुनै पनि शैक्षिक संस्थाले अभिभावक र विद्यार्थीको भावना विपरित त्यस्तो कार्य नर्गनु नगराउनुहुन सम्पूर्णमा जानकारी गराएको नगरपालिकाले जनाएको छ । साथै नियम विपरित यस्ता कार्यहरु गरेको पाइएमा नियमानुसार कारवाही गरिने गर्ने चेतावनी समेत दिएको छ ।

तपाईको प्रतिक्रिया