चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ।
सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ। चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ।
समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताए।
साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न देशभरका शिवालय मन्दिरमा घुईंचो लाग्ने आंकलन गरिएको छ ।
तपाईको प्रतिक्रिया