00:00:00
राष्ट्रिय

भोलिदेखि मनसुन फेरि सक्रिय हुने ,धेरै ठाउँमा मुसलधारे वर्षाको अनुमान

आइतबार असार २४, २०८०/ Sunday 07-09-23

 असार २४, 
आज चार प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ । 

यस्तै, भोलिदेखि पानी पर्ने क्रम झन् बढ्ने अनुमान गरिएको छ । मनसुन सक्रिय हुने सङ्केत देखिएकाले भोलिदेखि केही दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् महर्जनले बताउनुभयो ।

 पछिल्लो दुई तीन दिनयता देशका धेरै ठाउँमा पानी कम परेको छ । पानी परिहाले पनि लगातारजसो झरी परेको छैन । तर, भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने भएकाले धेरै ठाउँमा मुसलधारे वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।
 

तपाईको प्रतिक्रिया