00:00:00
राष्ट्रिय

पप्पु कन्स्ट्रक्शनका सञ्चालक राैनियार पक्राउ

शनिबार असार १६, २०८०/ Saturday 07-01-23

काठमाण्डाै २०८० असार १६

   पप्पु कन्ट्रक्सन प्रालिका सञ्चालक एवं पूर्वसांसद हरिनारायण रौनियार एक करोडभन्दा बढी ठगीको आरोपमा पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरको टोलीले रौनियारलाई शुक्रवार पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताउनुभयो ।

रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भए पनि काठमाण्डाैमा बस्ने भएकाले रौनियार पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर काठमाण्डाैलाई अनुरोध गरिएको थियो । रौनियारलाई बाँके पठाउने तयारी भइरहेको प्रवक्ता कडायतले बताउनुभयो ।

पप्पु कन्ट्रक्सनले देशका विभिन्न ठाउँमा आयोजनाको निर्माण जिम्मा लिएर कामै नगरी अलपत्र पार्ने गरेको छ । गत असोज १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको जब्दिघाटको बबई पुल निर्माणमा गुणस्तर कायम नगरी भ्रष्टचार गरेको भन्ने विषयमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।

रौनियार पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्वसांसद्समेत हुन् । सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तपाईको प्रतिक्रिया