00:00:00
स्थानिय

गोल्डेन डान्सिङ्ग आइकोन २०८०को उपाधि तिलोत्तमाकी श्रेयालाई

बिहीबार असार १४, २०८०/ Thursday 06-29-23

तिलोत्तमा - २०८० असार १४

 इश्वरा डान्सिङ्ग एकेडेमीद्वारा आयोजना गरिएको गोल्डेन डान्सिङ्ग आइकोन २०८०को उपाधि डन मोडल एकेडेमीमा अध्ययनरत बिद्यार्थी श्रेया गैरेले जितेकी छिन। गैरेले ६० प्रतियोगीलाई उछिनेर उपाधी जितेकी हुन्।

 रुपन्देहीका बिद्यालय स्तरका सहभागीहरुको बेजोड प्रतिश्प्रधा रहेको सो प्रतियोगितामा ६० जनामा लिएको अडिसनपछि भएको ४ राउण्ड पार गर्दै टप १५ बाट गैरे विनर भएकी हुन्। प्रतियोगितामा दोस्रो ज्ञानकुन्ज बिद्यालयकी छात्रा आरोशी खनाल, तेस्रो हुन सफल समृद्धि सेन, सान्तवना तथा भिवर च्वाइस सेन्ट जोसेफ भलावारिकी प्रतिज्ञा नेपाल भएकी छिन।

   प्रतियोगितामा प्रथम हुने श्रेया गैरेले नगद रु ३० हजार सहित मेडल प्राप्त गरिन भने दोस्रो हुनेले २० हजार , तेस्रो हुनेले १५ हजार र सान्तवना सहित भिवर च्वाइस भएकी प्रतिज्ञाले ५ हजार नगद र थप २ हजार ५ सय सहित सम्मान पाएका थिए। कार्यक्रमका प्रमुखअतिथि उद्योग ब्यापार संगठन तिलोत्तामाका अध्यक्ष प्रेम जिएमले प्रतियोगितामा उत्कृस्ट सबैलाई नगद पुरष्कार बितरण गर्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया