00:00:00
स्थानिय

तिलोत्तमा नगरपालिका ले वितरण गर्यो उन्नत जातको बोका

बिहीबार असार १४, २०८०/ Thursday 06-29-23

तिलोत्तमा २०८० असार १४

     रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका व्यावसायिक किसानलाई बोयर जातको ५ वटा बोका बाँडेको छ । नगरपालिकाले ‘फिप्टी फिप्टी’को अवधारणा अनुसार बाख्राको नस्ल सुधार्न र उन्नत जातको पाठापाठी उत्पादन गर्न भन्दै मक्रहर बाख्रा पकेट क्षेत्रमा ५ वटा बोयर बोका व्यावसायिक किसानलाई दिएको हो ।

नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी चौधरीले किसानलाई बोकाहरु हस्तान्तरण गरेका छन् । तिलोत्तमा नगरपालिका पशु शाखा प्रमुख राजु कुँवर मगरका अनुसार बोकाको पुरा मुल्यमा ५० प्रतिशत किसानले बेहोरेका छ्न् भने ५० प्रतिशत नगरपालिकाले लगानी गरेको छ। सो कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले किसानको आर्थिक अवस्था सुधार गर्नका व्यवसायिक रुपमा उन्नत जातका बाख्रा पालनाका लागि नश्ल सुधारका लागि राम्रो प्रजातिको बोका दिएको बताउनुभयो ।

 त्यस्तै सोहि कार्यक्रममा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले बाख्राबाट तत्कालै आम्दानी नभएपनी १ या डेढ बर्षमै राम्रो आम्दानी हुने हुनाले किसानलाई यस प्रति आकर्षित गर्न बोका प्रदान गरिएको बताईन। नगरपालिकाले अघिल्लो आर्थिक वर्ष पनि बोयर बोका किसानलाई दिएको थियो।

      हस्तान्तरण गरेको बोकामा बोयरको जातीय गुण ७५ प्रतिशत रहेको तिलोत्तमाका पशु शाखा डाक्टर उर्जा देवकोटाले बताउनुभयो । तिलोत्तमाको मक्रहर बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत आज तिलोत्तमा -१२ स्थित तुकतुकियामा बाख्रा पालन गर्दै आउनुभएका ५९ जना कृषकहरुलाई उन्नत जातका प्रजनन योग्य बोकाहरु, च्यापकटर मेसीन, डिपिंग ट्यांक( बोकालाई नुहाउने), भिटामिन मिनरल, औषधी लगायत अन्य आवश्यक औजारहरु वितरण गरिएको पशु शाखा प्रमुख राजु कुँवर मगरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया