रुपन्देहीका १६ मध्ये १३ पालिकाले ल्याए १३ अर्ब बढि बजेट, सवैभन्दा बढि तिलोत्तमाको
तिलोत्तमा -२०८० असार ११
रुपन्देहीका अधिकांश पालिकाहरुले आईतवार आगामी वर्षको बजेट प्रस्तुत गरेका छन् ।
हरेक बर्षको असार १० गतेभित्र आगामी वर्षको बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ । सोही अनुसार रुपन्देहीका पालिकाहरुले पनि आगामी वर्षको बजेट प्रस्तुत गरेका छन । तर रुपन्देहीका तिनवटा गाउंपालिका रोहिणी, कोटहीमाई र सम्मरीमाई गाउंपालिकाले भने आईतबार बजेट ल्याउन सकेनन् ।
ति पालिकाहरुमा आन्तरिक विवादका कारण नीति तथा कार्यक्रम समेत प्रस्तुत हुन सकेको छैन । रुपन्देहीका १६ वटा पालिकामध्ये १३ वटाले भने बजेट प्रस्तुत गरेका छन् । १३ पालिकाहरुले कुल १३ अर्ब ४० करोड ५६ लाख बजेट ल्याएका छन् ।
प्रस्तुत बजेटमा सबैभन्दा बढि तिलोत्तमा नगरपालिकाको २ अर्व ७३ करोड ८४ लाख ३९ हजार ५२९ रुपियाँको बजेट रहेको छ । भने सार्वजनिक भएको मध्ये सवैभन्दा कम मर्चवारी गाउँपालिकाको ४४ करोड २० लाख रहेको छ ।
तपाईको प्रतिक्रिया