00:00:00
राष्ट्रिय

काठमाण्डौबाट भारतको राजस्थानका लागि छुटेको बस  दुर्घटना, एक जनाको मृत्यु

शुक्रबार असार ८, २०८०/ Friday 06-23-23

काठमाण्डौ – 
काठमाण्डौबाट भारतको राजस्थानका लागि छुटेको बस धादिङको गल्छीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटना पाँच जना नेपालीसहित १९ जना घाइते भएका छन् । 

 शुक्रवार बिहान गल्छी गाउँपालिका–७ को गल्छी मोडमा भारतीय नम्बर प्लेटको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । दुर्घटनामा १२ वर्षकी भारतीय एक बालिकाको ज्यान गएको छ भने घाइते भएका १९ जनाको गल्छीमा उपचार भइरहेको छ । 

बस दुर्घटनापछि बिहान केहीबेर सडक बन्द भएको थियो । अहिले भने सामान्यरूपमा गाडी चलिरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया