00:00:00
स्थानिय

क्रिमसन अस्पताल र ओमसतियाको टुगा सहकारी बीच स्वास्थ्य सम्झौता

मंगलबार जेठ २३, २०८०/ Tuesday 06-06-23

तिलोत्तमा २०८० जेष्ठ २३

 तिलोत्तमा ५ मणिग्राममा अवस्थित क्रिमसन अस्पताल र ओमसतिया १ मा केन्द्रिय कार्यालय रहेको टुगा आस्था विकाश बचत तथा ऋण सहकारी संस्था लि बीच स्वास्थ्य सम्झौता भएकोे छ ।

    रुपन्देही क्षेत्रभित्रका आमबासिन्दालाई सर्वसुलभ तथा स्वास्थ सेवामा पहुच बढाउने उद्धेश्यले स्वास्थ्य सम्झौता गरिएको अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले जानकारी दिनुभयो । सोमबार क्रिमसन अस्पतालमा आयोजित बिशेष कार्यक्रमका बीच अस्पताल प्रशासन र सहकारीबीच  ससर्त सर्वसुलभ स्वास्थ्य सेवाबारे लिखित सम्झौता सम्पन्न भएको अस्पतालका  प्रमुख प्रसासकीय अधिकृत मनमोहन भट्टराईले जानकारी दिनुभयो  ।

        सम्झौतासंगै  टुगा सहकारीमा आबद्ध शेयर सदस्यले अब अस्पतालले दिने सेवा शुल्कमा १० प्रतिशत छुट पाउने छन् । त्यसका लागि सेवाग्राहीले कार्ड बनाउनु पर्नेछ , कार्डले सधैका लागि काम गर्नेछ । यसैगरि  स्वास्थ्य सम्झौता भएका संस्थामा आबद्ध अति बिपन्न बर्गलाई सिफारिश गरेको खण्डमा बेड र ल्याबमा समेत निशुल्क सेवा प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ ।

   सम्झौताका अवसरमा अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, निर्देशक डा शेखर पोख्रेल,  प्रमुख प्रसासकीय अधिकृत मनमोहन भट्टराई, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल, टुगा आस्था विकाश बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष धाल बहादुर थापा र लक्ष्मन कुमार थापा लगायतको सहभागिता रहेको थियो ।

   यसअघि  क्रिमसन अस्पताल र तिलोत्तमामा अवस्थित अन्य  ३ वटा सामाजिक संघ संस्थाबीच स्वास्थ्य सम्झौता भैसकेको छ । यसरी सम्झौता भएका सस्थाहरुमा तिलोत्तमा १५ मा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी सस्था लि, तिलोत्तमा ७ सेमराबजारमा अवस्थित मेलमिलाप महिला बचत तथा ऋण सहकारी सस्था लि, र तिलोत्तमा ७ सेमरा मै रहेको श्री प्रगति महिला आमा समुह परिवार रहेको अस्पताल प्रशासनले जनाएको छ । 

तपाईको प्रतिक्रिया