00:00:00
स्थानिय

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन भोलिदेखि 

बिहीबार जेठ ११, २०८०/ Thursday 05-25-23

११ जेठ, रुपन्देही 
  लुम्बिनीको प्रदेश सभाको बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । प्रदेश सरकारले ९ जेठमा अधिवेशन आव्हानका लागि सिफारिस गरेअनुसार प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गतेका लागि स्वीकृत गर्नुभएको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार बैठक भोलि दिउँसो १ बजे दाङको देउखुरीस्थित प्रदेश सभा भवनमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत वैशाख २९ गते अन्त्य भएको थियो ।


 

तपाईको प्रतिक्रिया