राष्ट्रिय
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनको मागसहित नेकपा एसले प्रदर्शन गर्ने
बिहीबार जेठ ४, २०८०/ Thursday 05-18-23
जेठ ४, काठमाडौं
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमाथि कारबाहीको माग गर्दै सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । एकीकृत समाजवादी पार्टीको काठमाडौँ जिल्ला कमिटीले आज दिउँसो ३ बजे माइतीघरमा विरोध प्रदर्शन गर्न लागेको नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारका अन्य काण्डविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । नेकपा एसका महासचिव घनश्याम भूसालले विज्ञप्तिमार्फत भ्रष्टाचारविरुद्व देशभर विरोध प्रदर्शन गर्न यसअघि नै निर्देशन दिनुभएको थियो ।
तपाईको प्रतिक्रिया