जेठ २, काठमाडौं
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज दशरथ रङ्गशालामा दिउँसो ३ बजे थ्री स्टार क्लव र त्रिभूवन आर्मी खेल्नेछन् । यस्तै ३ बजे नै च्यासल मैदानमा नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ खेल्दा साँझ ६ बजे दशरथ रङ्गशालामा सातदोबाटो युथ क्लब र चर्च ब्वाइज युनाइटेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि हिजो भएको खेलमा मछिन्द्र क्लबले खुमलटार युथ क्लबलाई ३–० ले हराएको थियो भने हिमालयन शेर्पा र संकटा क्लवले १–१ को बराबरी खेल्दै अङ्क बाडेका थिए ।
तपाईको प्रतिक्रिया