अर्घाखाँचीमा आगो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको पनि मृत्यु, मृतक संख्या चार पुग्यो
बैशाख २७, अर्घाखाँची
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको उपचारका क्रममा निधन भएको हो । यो सँगै मृतक संख्या चार पुगेको छ ।
हिजो भुमिकास्थान नगरपालिका २ तिरतिरे जङगलमा लागेको आगो स्थानीय पदम वेल्वासेको घरमा सल्किएको थियो । आगोले घर जलेपछी निभाउन खोज्दा ३६ वर्षीय माधव वेल्वासे, ७२ बर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीया पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासे घाइते हुनुभएको थियो । पिताम्बर, पदम र घनश्यामलाई उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो भने माधवको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतक चारै जना एउटै गाउँका हुन् । घा
ईते २५ बर्षिय संगिता बेल्बासेको भने पाल्पा मिशन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया