00:00:00
स्थानिय

तिलोत्तमामा शिक्षकलाई कला शिक्षण तालिम

शनिबार बैशाख २३, २०८०/ Saturday 05-06-23

तिलोत्तमा २०८० बैशाख २३

     तिलोत्तमा नगरपालिकामा सामुदायिक विद्यालयको शिक्षण सिकाई सुधार गर्ने उद्देश्यका साथ शिक्षकहरुलाई एक हप्ते सामाजिक तथा सृजनात्मक कला शिक्षणमा लोक बाजा, लोक गित, तथा चित्रकला सम्बन्धी आधारभुत सिपमा आधारित प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ ।

  आधुनिक प्रविधिको विकाससंगै बालबालिकाहरुमा शैक्षिक सिकाई कमजोर भएको भन्दै शिक्षकहरुलाई कलामार्फत शिक्षण विकास गराउन थालिएको हो । तिलोत्तमा नगरपालिकाको आयोजनामा साधना सास्कृतिक कला केन्द्रको ब्यवस्थापनमा नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई कलासंस्कृतिलाई शैक्षिक पाठ्यक्रमसंग जोड्ने गरी तालिम शुरु गरिएको साधना सास्कृतिक कला केन्द्रका ब्यवस्थापक प्रियंका थापाले बताउनुभयो ।

‘झिकाउ, टिकाउ, सिकाउ विद्यालय शैक्षिक सुधार कार्यक्रम, हाम्रो अभियान’ नारासहित तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवि चौधरीले सहभागी शिक्षकलाई मादल हस्तान्तरण गरी कार्यक्रमको उदघाटन गर्दै नगरभित्रका विद्यालयको शैक्षिक विकास र विद्यार्थीहरुको सिकाई बढाउन तालिम फलदायी हुने दाबी गर्नुभयो । ‘अहिले लोकसंस्कृति धरासायी हुदै गैरहेको बताउदै संरक्षण गर्ने अभिभारा हाम्रो काधमा आएको चौधरीले  बताउनुभयो ।

 कार्यक्रममा ज्ञानकुन्ज पाठशालाका प्राचार्य चन्द्र अधिकारीले विद्यालयमा भाषालाई जटिल बनाउने काम गरिदा बालबालिकामा सिकाई क्षमता घट्दै गएको बताउनुभयो । नेपाल बहुभाषा, बहु सास्कृतिक संस्कृतिले भरिएको हुँदा यहाँ शिक्षामा संस्कृति जोडिनुपर्छ । कला संस्कारलाई शैक्षिक पाठयक्रममा जोड्न सकेमात्र बालबालिकाहरुमा सिकाई सरलता आउने अधिकारीको भनाइ थियो । कक्षा १,२ र ३ को पाठ्यक्रम ईन्ट्रिग्रेटेड भनेको भएपनि वास्तवमा यो सेमी ईन्ट्रिग्रेटेड पाठ्यक्रम भएको अधिकारीले दाबी गर्नुभयो ।
 
तालिममा लोक नृत्य अनुसन्धानकर्ता राम थापा (रोचक), राष्ट्रिय नाचघरका निवर्तमान महाप्रबन्धक राजेश थापाले सहजिकरण गर्ने छन। यसैगरि नृत्यमा अनु रजक, मुकेश गुरुङ, प्रितम राना र रोशन गुरुङले चित्रकला, गायन र बाद्यवादन ईन्द्र बहादुर बिश्वकर्मा, हिमाल थापा, पुनम थापाले पाठ्यक्रममा आधारित शिक्षकहरुलाई ७ दिनको तालिम दिनेछन । तिलोत्तमा नगरपालिकाका ४२ विद्यालयका शिक्षकहरु सहभागी रहेको साधना सास्कृतिक कलाकेन्द्रका ब्यवस्थापक प्रियंका थापाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया