00:00:00
राष्ट्रिय

सङ्खुवासभामा सिम्रिक एअरको हेलिकप्टर दुर्घटना

शुक्रबार बैशाख २२, २०८०/ Friday 05-05-23


  बैशाख २२,

 सङ्खुवासभामा हेलिकप्टर दुर्घटना भएको छ । भोटखोला गाउँपालिका–३ मा सामान बोकेको सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टर दुर्घटना भएकोबारे जानकारी प्राप्त भएको र अहिले प्रहरी टोली त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका प्रवक्ता जगन्नाथ निरौलाले पनि हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

तपाईको प्रतिक्रिया