00:00:00
राष्ट्रिय

आजदेखि मौसममा सुधार

शुक्रबार बैशाख २२, २०८०/ Friday 05-05-23

काठमाण्डौ । आजदेखि मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा आज घाम लाग्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
गएको शनिवारयता लगातारजसो पानी परेको थियो । तर, पानी पार्ने प्रणाली केही कमजोर भएकाले आज केही दिनयताको जस्तो लगातार पानी नपर्ने मौसमविद् झाले बताउनुभयो । तर, प्रि(मनसुनको समय भएकाले  दिउँसोपछि केही ठाउँमा पानी पर्ने उहाँको भनाइ छ ।

आज दिउँसोपछि काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा पनि मौसम बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । पहाडी क्षेत्रको मौसम अहिले धुम्म भए पनि पानी परेको छैन । मौसम बिस्तारै खुल्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

तराईका धेरैजसो जिल्लाको मौसम भने समान्यतया सफा नै छ । प्रि(मनसुनको समयमा स्थानीय वायु विकसित भएर तत्काल पानी पर्ने हुन्छ । यसमा पश्चिमी वायुसमेत मिसिएमा धेरै ठाउँमा लामो समयसम्म पानी पर्ने मौसमविद् बताउँछन् ।

तपाईको प्रतिक्रिया