00:00:00
स्थानिय

नवजीवन क्लबद्धारा विपन्न ५६ जना छात्राछात्रलाई शैक्षिक सामग्री वितरण

आइतबार बैशाख १७, २०८०/ Sunday 04-30-23

तिलोत्तमा २०८० बैशाख १७

   नवजीवन क्लब तिलोत्तमा ६ रुपन्देहीले यसै क्षेत्रका विपन्न वर्गका ५६ जना छात्राछात्रलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

  क्लबका अध्यक्ष केशव भुसालको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश पाठक, क्लबका पुर्व अध्यक्ष दिपक पाठक, शिव पाठक, दिवाकर ढकाल कार्यक्रम संयोजक प्रकाश न्यौपाने, क्लबका सचिव गोविन्द पाण्डे लगायतले बोल्नुभएको थियो ।

   कार्यक्रममा बोल्ने वक्ताहरुले क्लबले गर्दै आएको सामाजिक कार्यको सराहाना गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिनेमा जोड दिएका थिए । दिपक पाठक, आरके कपि उद्योगका ऋषिराम भण्डारी, श्रीप्रसाद भुसालको सहयोग तथा क्लबको कोषबाट गरी उक्त शैक्षिक सामग्री वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया