00:00:00
राष्ट्रिय

आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

पायक पर्ने स्वास्थ्य चौकीमा लगि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन मन्त्रालयको अनुरोध
बिहीबार बैशाख ७, २०८०/ Thursday 04-20-23

बैशाख ७, रुपन्देही
   राष्ट्रिय भिटामिन ‘ए’ अभियान अन्तर्गत ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीका बालबालिकालाई पायक पर्ने स्वास्थ्य चौकीमा लगि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन अभिभावकहरूलाई अनुरोध गरेको छ ।

साथै कोरोना भाइरसको सङक्रमण जोखिम कामयै रहेकाले खोप केन्द्रमा स्वास्थ्यका मापदण्ड पालना गर्न तथा मास्क लगाउन पनि अनुरोध गरेको छ । स्वास्थ्य सेवा विभागका अनुसार यसपालि २७ लाख बालबालिकालाई भिटामिन ए र २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाइनेछ । 

तपाईको प्रतिक्रिया