00:00:00
स्थानिय

सबैको बचत तथा ऋण सहकारी संस्थाद्धरा अनाथ आश्रमलाई सहयोग

शनिबार चैत २५, २०७९/ Saturday 04-08-23

बिन्दु भट्टराई,२५ चैत
सबैको बचत तथा ऋण सहकारी सस्था लिमिटेडले अनाथ आश्रमलाई सामाग्री हस्तान्तरण गरेको छ ।  संस्थाको दोस्रो एकीकरण दिवसको अवसरमा  सामाजिक कृयाकलापमा सकृय रहंदै सप्ताहब्यापी कार्यक्रम सुरु गरेसंगै शनीबार पहिलो दिन नेपाल अविनाश अनाथ आश्रमलाई ३ थान लो बेड तथा खाद्यन्न सामाग्री हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक सल्लाहकार खुमप्रसाद थापाले आफन्त गुमाएका अनाथका वषौंसम्म गासवास कपास शिक्षाका लागि जिम्मेवारी लिनु सामान्य कुरा नभएको भन्दै हर कोहि अनाथका सारथी बन्न सक्नुपर्नेमा जोड दिनुभयो । उहांले पर्व विशेष वा कुनै अवसरमा मात्र भएपनि मानविय कार्यमा जोडिन आम मानिसलाई आग्रह गर्नुभयो । थापाले अहिले गरेको सहयोगलाई आगामी दिनमा निरन्तरता दिदै सकेको बृद्धि गर्दै लैजाने समेत प्रतिवद्धता जनाउनुभयो ।  

संस्थाका सचिव देवानन्द पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष भरत भुसालले संस्थाको स्थापना दिवसका अवसरमा गरिएको सप्ताहब्यापि कार्यक्रम अन्तर्गत रहेर गरिने कार्यक्रमबारे प्रकाश पार्नुहुदै मानविय कार्यलाई जोडेर गरिएको  सप्ताहब्यापी कार्यक्रमले सामाजिक रुपमा पनि केहि न केहि सकरात्मक प्रभाव पर्न सक्नेमा विश्वास ब्यक्त गर्नुभयो ।  
त्यस्तै संस्थाका सल्लाहकार कृष्णप्रसाद अर्यालले सामाजिक विकासका लागि जोडिन संस्थाले गरेको प्रयासको प्रशंसा गर्नुभयो । उहांले आफ्नो जिविकोपार्जनमा मात्र जोडिन पनि धौ धौ परिरहेका वेला अनाथ आश्रम संचालन गरेर बालबालिकाप्रति देखाएको चासो माया र लिएको जिम्मेवारीले मेरो समस्या उसको समस्या नभएर हाम्रो समस्या भन्ने उच्च सोंचको विकास गरेको उल्लेख गर्नुभयो । यसको लागि अनाथ आश्रम संचालकलाई धन्यवाद दिनुभएको छ । 

कार्यक्रममा अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले आश्रम संचालन गरेको करिव १२ वर्ष भएको र बालबालिकाको जिम्मेवारी लिएर काम गर्न चुनौति भएपनि मानविय उद्धारको काम गर्न पाएकोमा गर्व महशुस भएको बताउनुभयो । २ कट्ठा  १४ धुर जग्गा क्षेत्रफलमा रहेको  आश्रममा हाल १८ जना बालबालिका आश्रीत छन् । उहांले विस्तारा अभावमा बालबालिकालाई  समस्या भएकोप्रति मध्यनजर गरेर बेड तथा खाद्य सामाग्री प्रदान गरेकोप्रति सवैको बचत तथा ऋण सहकारीलाइ धन्यवाद दिनुभयो । खाद्यन्न सामाग्री अन्य स्थानबाट सहयोग गर्नुहुन्छ तर सुत्ने विस्तारा पाउन गाह्रो छ संस्थाले आज आवश्यकता बुझेर सहयोग गर्यो अनाथ आश्रम कृतज्ञ छौं अध्यक्ष ज्ञवालीले भन्नुभयो । 

संस्थाको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन आईतबार जेष्ठ सदस्य सम्मान कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रम मुख्य कार्यालय तिलोत्तमा ५ मणिग्राममा हुने अध्यक्ष भुसालले जानकारी दिनुभयो । शनीबारदेखि  सुरु भएको कार्यक्रम यहि चैत २९ गतेसम्म चल्नेछ । 

तपाईको प्रतिक्रिया