मदन भण्डारी स्पोर्टस एकेडेमीले लुम्विनीमा हाफ म्याराथन प्रतियोगिता गर्ने
तिलोत्तमा,१८ चैत
बिन्दु भट्टराई
मदन भण्डारी स्पोर्टस एकेडेमीले हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसर पारेर एकेडमीले लुम्विनी पिस ओपन महिला तथा पुरुष हाफ म्यारथन प्रतियोगिताको आयोजना गरेको शनीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
प्रतियोगिता यहि चैत २३ गते लुम्विनी अन्तराष्ट्रिय सभा हल तथा मेडिटेशन सेन्टरमा हुनेछ । प्रतियोगिताको उद्धघाटन मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक तथा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गर्नुहुने भएको छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले ७७ जिल्लाका जुनसुकै उमेरसमुहका खेलाडि सहभागि हुन पाउने प्रतियोगितामा शनीबारसम्म ७० जिल्लाले सहभागिता जनाईसकेको सम्मेलनमार्फत जानकारी गराउनुभयो । उहांले हाफ म्यारथनको दुरी २१ किलोमिटर रहेको र देशभरबाट हजारौंको संख्यामा सहभागिता जनाउने बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले पुरुष खेलाडीले १ लाख ५० हजार पाउनेछ भने प्रथम हुने महिला खेलाडीले १ लाख ५१ ह्जार रुपिया नगद पाउनेछ , त्यस्तै क्रमश द्धितिय हुनेले ७५ हजार पुरुष ७१ हजार महिला , तृतियले ५० हजार पुरुष ५१ हजार महिला ,सान्तवनाले ३० हजार पुरुष ,३१ हजार महिला,पांचौले २० हजार पुरुष २१ हजार महिला ,छैंठौंले १० हजार पुरुष ११ हजार महिला ,सातौंले ७ हजार पुरुष ८ हजार महिला ,आठौं,नवौं र दशौं हुनेले ५,५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल विहान ७ वजेदेखि शुरु हुनेछ ।
तत्कालिन एमाले महासचिव मदन भण्डारीको स्मृतिमा २०६६ साल पुस १७ मदन भण्डारी स्पोर्टस एकेडेमीको स्थापना भएपछि निरन्तर राष्ट्रिय अन्तराष्ट्रिय खेल प्रतियोगिता र खेल गतिविधि गर्दै आएको छ । त्यस्तै प्रतियोगिता सकिएलगत्तै एकेडेमीले राष्ट्रिय भेला गर्ने जानकारी दिएको छ । एमाले अध्यक्ष ओलीले उद्धघाटन गर्ने भेलामा जिल्ला र पालिका कमिटीका पदाधिकारी घोषणा,विभिन्न खेल विधाका डेमोष्ट्रेसन र विभिन्न कला संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरिने प्रतियोगिताका संयोजक मोहन बहादुर घलेले बताउनुभयो ।
तपाईको प्रतिक्रिया