00:00:00
स्थानिय

तिलोत्तमा नगरपालिका वडा नं ९ ज्ञानोदय टोलमा दुर्गा मन्दिरको शिलन्यास 

शुक्रबार चैत १७, २०७९/ Friday 03-31-23



तिलोत्तमा,१७ चैत 
बिन्दु भट्टराई 
तिलोत्तमा नगरपालिका वडा नं ९ ज्ञानोदय टोलविकास समितीको अगुवाईमा दुर्गा मन्दिरको शिलन्यास भएको छ  ।  यसअघि मडुवारी घोला आसपास रहेको जग्गा स्थानीय होमप्रसाद पाठकले उपलब्ध गराउनुभएको थियो  सोहि अनुरुप संस्थाले  बिहीबार शिलन्याश गरी काम अघि बढाउन लागेको  हो । 

मन्दिरको शिलन्यास गर्दै प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले विकासको सुरुवात टोलविकास संस्थाबाटै सम्भव हुन्छ भन्ने भनाईलाई सार्थकता दिन लागेको भन्दै टोलविकास संस्थालाई धन्यवाद दिनुभयो । उहांले संस्थाले सुरु गरेका कार्यक्रम अन्य टोलविकास संस्थाले पनि अनुसरण गर्नुपर्ने खांचो औंल्याउनुभयो । चौधरीले केहि गर्नुपर्छ भन्ने सोंच यो टोलमा भएकोले हौंसलाका लागि पनि आफलेु मन्दिर सम्पन्न नहुन्जेलसम्मै  साथ नछाड्ने प्रतिवद्धता जनाउनुभयो । तिलोत्तमा कला र पुरातात्विक सम्पदाले भरिपुर्ण भएको स्थानको रुपमा रहेको भन्दै उहांले यो सम्पुर्ण नगरवासीका लागि गर्वको विषय भएको उल्लेख गर्नुभयो । 

त्यस्तै कार्यक्रममा जग्गादाता पाठकले यस क्षेत्रमा दुर्गादेवीको मन्दिर नभएकोले दुर्गा मन्दिर बनाउन आफुले जग्गा उपलब्ध गराएको बताउनुभयो  । मलाई पुजा गर्न घरमै मन्दिर छन्, मेरो उमेर भईसक्यो म मरे भने पनि यो जग्गामा बनेको मन्दिरमा दिनहुं पुजा हुने विश्वास छ ८० वर्ष उमेर पार गरिसक्नुभएका पाठकले भन्नुभयो । उहांले मन्दिर बनाईसकेपछि मुर्तीका लागि पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

ज्ञानोदय टोलविकास संस्थाका अध्यक्ष बेदप्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा न्यौपानेले मडुवारी घोलामा सांस्कृतिक तथा आन्तरीक पर्यटन भित्रयाउन सकिने बताउनुभयो ।् सवैको सहकार्यबाट कार्य सम्पन्न हुने भन्दै  जसले जसरी सकिन्छ सम्पूर्णलाई सहयोग गर्न उहांले आग्रह गर्नुभयो । न्यौपानेले जति सक्दो छिटो मन्दिर सम्पन्न गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । 

कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष ध्रुव न्यौपानेले पवित्र सोंचका साथ वडामा बन्न लागेको मन्दिरले आफु लगायत सम्पुर्ण वडावासीमा  खुसी बाड्न सकेको भन्दै वडाबाट हुन सक्ने सहयोग र  ब्यक्तिगत रुपमा आफुबाट हुन सक्ने सहयोग रहने आश्वसन दिनुभयो ।  ज्ञानोदय टोलविकास संस्थाका सचिव सुरेश पाण्डेको संचालनमा भएको कार्यक्रममा नन्देश्वर टोलविकास संस्थाका अध्यक्ष विष्णु प्रसाद पाण्डे,वडा सदस्य कमल रेग्मी,समाजसेवी केशवराज न्यौपाने, विभिन्न टोलविकासका प्रतिनिधी,चेतनशिल आमा समुहका अध्यक्ष ,विभिन्न आमा समुहहरु स्थानीय लगायतको उपस्थिती रहेको थियो । मन्दिर बन्ने भएपछि स्थानीय खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया