00:00:00
स्थानिय

विश्व बैङ्कको सहयोगमा तिलोत्तमामा निर्माणाधीन सडकको स्तर उन्नति हुने

शुक्रबार चैत १७, २०७९/ Friday 03-31-23

२०७९ चैत्र १७

   विश्व बैङ्कको सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधीन सडकको स्तर उन्नति हुने भएको छ । तिलोत्तमा ९ मंगलापुर देखी कान्छी बजार जोड्ने सडकको बिहीबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।

४.८६ किलोमिटर लम्बाइको सडकको विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभों, र तिलोत्तमा नगरपालिकाका प्रमुख उपप्रमुखले शिलान्यास गर्नुभएको हो । शिलान्यास पश्चात् तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभोंले नेपालका १० स्थानीय तहलाई कार्यक्रम दिएको मध्य तिलोत्तमा नगरपालिले काम सुरु गरेको बताउँदै खुसी व्यक्त गर्नुभयो ।

   कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले निर्माणाधीन सडक समयमा नै सम्पन्न हुने बताउँदै यो सडकले त्यस क्षेत्रका व्यक्तिहरूलाई आर्थिक उपार्जनमा जोड्ने बताउनुभयो । खाँणले कृषिलाई आर्थिक विकास सँग जोडेर बाटो बनाउन विश्व बैङ्कले सहयोग गरेको बताउँदै यो सडक निर्माणमा सहयोग गर्न स्थानीयहरूलाई आग्रह गर्नुभयो । खाँणले अहिले सडकको लम्बाई ४.८६ किलोमिटर रहे पनि अझै १.६ किलोमिटर थप्ने पहल गरेको भन्दै विश्व बैक सँग थप प्रयास गर्ने बताउनुभयो ।

    त्यस्तै कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी देबी चौधरीले निर्माणाधीन सडकले तिलोत्तमा ७–९ का स्थानीयलाई निकै फाइदा पुग्ने बताउँदै समयमा नै सम्पन्न गर्नमा सहयोग गर्न आग्रह गर्नुभयो । तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सडकको २०७९ भदौ २३ गते देखी सम्झौता सुरु भएको बताउँदै अहिले सम्म १४ प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो । साइट क्लिरियन्स तटबन्ध भर्ने, ढुङ्गा चिन्ने लगायतका कामहरू भई रहेका छन् ।

   नेपाल उर्बन गभरमेन्स एण्ड ईन्फाइस्टक्चर प्रोजेक्ट अन्तरगत निर्माणाधीन सडक २०८१ भदौ २२ गते सम्पन्न गर्ने गरी ५९ करोड ३ लाख ८ हजार ८९० रुपैयाँमा शर्मा सगुन जेभी बुटवललले ठेक्का पाएको नगरपालिकाका इन्जिनियर प्रदीप बनले जानकारी दिनुभयो । सडकको चौडाइ १३ मिटर सम्म हुनेछ । नाली माथि २.७५ मिटर फुटपाथ हुनेछ । १२ वटा बक्स र १५ वटा पाइपका कल्भर्टहरू निर्माण हुनेछन ।

  नेपाल उर्बन गभरमेन्स एण्ड ईन्फाइस्टक्चर प्रोजेक्टका निर्देशक रवीन्द्र बोहराले सडक निर्माणमा गुणस्तरीय सामाग्रीहरूको प्रयोग गर्दै आएको बताउँदै यसको नियमित निरीक्षण र अनुगमन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया