चैत्र १५, रुपन्देही
रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ मा अव्यवस्थित रुपमा बस्दै आएका सात परिवारलाई लालपूर्जा वितरण गरिएको छ ।
मंगलबार बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले एक कार्यक्रमबीच ७ सुकुक्बासी परिवारलाई जग्गा धनी पूर्जा हस्तान्तरण गर्नुभएको हो। बुटवल उपमहानगरपालिकाको सिफारिसमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको लालपूर्जा सुकुम्बासी परिवारलाई वितरण गरिएको हो ।
कार्यक्रममा उपमहानर प्रमुख पाण्डेयले बुटवलभित्रका अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्राप्तिका लागि सबै प्रक्रियामा सहयोग गर्ने बताउनुभयो । उहाँले सबै भूमिहीनलाई लालपूर्जा उपलब्ध गराइने भन्दै बुटवलमा अहिले भूमि आयोगमा सिफारिस गरेका ब्लकहरुको सर्भे र नापजाँचको काम अगाडि बढीरहेको जानकारी दिनुभयो।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवलका वास्तविक सुकुम्बासीलाई लालपूर्जा प्रदान गर्ने गरी उपमहानगरपालिकाको सहयोगमा निरन्तर काम भइरहेको बताउनुभयो ।
त्यस्तै बुटवल वडा नम्बर–७ का वडा अध्यक्ष पदमबहादुर थापाले हाल सात सुकुम्बासी परिवारले जग्गा धनी पूर्जा पाएको र बाँकी रहेकालाई पनि छिट्टै लालपूर्जा दिने तयारी भइरहेको उल्लेख गर्नुभयो।
तपाईको प्रतिक्रिया