00:00:00
स्थानिय

विद्युुत महशुलमा दोब्बर मुल्यबृद्धि गरेपछी पाल्पाका उपभोक्ताहरु आक्रोसित

सोमबार चैत १३, २०७९/ Monday 03-27-23

चैत १३, पाल्पा 
   पाल्पाको रामपुर लगायतका क्षेत्रमा प्रयोग हुदै आएको बुटवल पावर कम्पनीको विद्युुत महशलु चलन चल्तीको भन्दा दोव्वर भाउँ बढाएपछि उपभोक्ताहरु आक्रोसित भएका छन । बुटवल पावर कम्पनीले हाल प्रति युनिट ५ रुपैया ८० पैसा रकम लिदै आएकोमा अवका दिनमा प्रति युनिट ११ रुपैया बनाउने निर्यण गरेपछि उपभोक्ता आन्दोलनमा जुटेका छन ।

वुटवल पावर कम्पनीले विद्युुत नियमन आयोगमा प्रस्ताव पेश गरी प्रति युनिट ११ रुपैया विधुत महशुल कायम गरी चैत्र १० गते काठमाडौमा सार्वजनिक सुनुवाई गरेपछि उपभोक्ता पाल्पा रामपुर क्षेत्रका उपभोक्ता आक्रोसित भएका हुन । 
रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले स्थानीय सरकार, लाभग्राही सरोकारवाल संग कुनै किसिमको छलफलअन्तरक्रिया नगरी गरिएको मुल्यबृद्धि स्विकार्य नभएको बताउनुभयो । विपिसीले बढेको मुल्य फिर्ता नलिए उपभोक्ताहरु आन्दोलनमा उत्रिने नगर प्रमुख थापाले बताए ।

रामपुर नगरपालिकाले मात्र वडा वडामा विद्युुत विस्तारको लागी करीव ६० लाख रुपैयाको पोल खरिद गरी वुटवल पावर कम्पनीलाई सहयोग गरेको जनाएको छ । रामपुर नगरपालिकाको १० वटै वडामा बुटवल पावर कम्पनीले विद्युुत वितरण गर्दै आएको छ । रामपुर नगरपालिकामा मात्र करीव ६ हजार घरपरिवारले वुटवल पावर कम्पनीको विद्युुत उपभोग गर्दै आएका छन । पाल्पाको रम्भा गाउँपालिका वडा नंं १ हुगी र २ फोक्सिङकोटमा पनि बुटवल पावर कम्पनीले विद्युुत वितरण गर्दै आएको छ ।

रम्भाको दुईवटै वडामा १ हजार ६ सय घरधुरीले विपिसीको विद्युुत प्रयोग गर्दै आएका छन । उपभोक्ताको ढाड सेक्ने गरी विपिसीले गरेको मुल्यबृद्धि तत्काल फिर्ता लिन रम्भा गाउपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले आग्रह गर्नुभएको छ । वुटवल पावर कम्पनीका पाल्पा र स्याङजामा गरी करीव ३९ हजार ग्राहकहरु रहेका छन । 

तपाईको प्रतिक्रिया