नवलपुर २०७९ चैत्र १३
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार नवलपुरको विनयी त्रिवेणीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी त्रिवेणी गाउँपालिका-५ मा रहेको तालदेवी सामुदायिक वन भित्र बम भेटिएको हो ।
जंगलमा चौपाया चराउन गएका ब्यक्तिहरूले एकै ठाउँमा ९ वटा बम भेटेको सर्दीका स्थानीय बासिन्दा रुकेश सरामुले बताउनुभयो । भारतीय सेनाका पूर्वसैनिक समेत रहेका सरामुका अनुसार ती ८१ एमएम मोर्टारका बम (गोला) हुन् । ती बम ५ हजार २ सय मिटर रेन्जको रहेको सरामुले बताउनुभयो । बम फेला परेको स्थानमा इलाका प्रहरी कार्यालय दुम्कीबास र सर्दीबाट प्रहरी पठाइएको छ । नेपाली सेनासँग पनि समन्वय गरिएको छ ।
तपाईको प्रतिक्रिया