एमाले जनताको एक नम्वर पार्टी हो – एमाले उपमहासचिव ज्ञवाली
तिलोत्तमा,११ चैत ।
बिन्दु भट्टराई ।
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नेकपा एमाले जनताको एक नम्वर पार्टी भएको दावी गर्नुभएको छ । उहांले गएको चुनावमा सत्तापक्षको घेराबन्दी पश्चात पनि आफुहरुले पाएको जनमतले यो कुरालाई प्रष्ट पार्न सकेको बताउनुभयो ।
शनीबार तिलोत्तमा ८मा भएको मिसन ग्रासरुट अन्तर्गतको नगरस्तरीय बृहत् कार्यकर्ता प्रशिक्षणका क्रममा बोल्दै महासचिव ज्ञवालीले सत्तापक्षले प्रतिपक्षमाथि घेराबन्दी गरेकोे दुनियांमा कहीं पनि नदेखेको भन्दै चुनावमा सत्तापक्षले आफुहरुमाथि गरेको घेराबन्दी सामाजिक फांसिवाद भएको आरोप समेत लगाउनुभएको छ । उहांले संविधान बनाउनको निम्ति दवाव दिने अभियान,विनासकारी भुकम्पका समयमा स्वयमसेवी परिचालन गरी उद्धार गर्ने,संविधान जारी पछिको नाकाबन्दी हुंदा राष्ट्रिय स्वाभिमानको आन्दोलन लगायत पार्टिले शृङ्खलाबद्ध थुप्रै अभियानमा ९ बर्ष खर्चेको बताउनुभयो ।
ज्ञवालीले नेकपा एमालेले राष्ट्र निर्माणका लागि गरेको त्याग अनुरुप काम हुन नसक्दा उर्जा र सामथ्र्यमा प्रभाव परेको भने स्वीकार गर्नुभएको छ । यहीै कारणले पनि पार्टी शुद्धिकरण र सुदृढिकरण कार्यक्रम मार्फत आजसम्मका कमजोरी र गरेका काम जनतामाझ ल्याउने अभियानका रुपमा ल्याईएको हो ज्ञवालीले भन्नुभयो । ५ फागुनमा सातवटै प्रदेश अभियानमा खटिने नेतालाई अभिमुखीकरण गरेर थालनी गरिएकाले पार्टीको संगठन सुदृढीकरणको दुईमहिने अभियानपछि पार्टी नयाँ ढंगले अघि बढ्ने विश्वास लिइएको उपमहासचिव ज्ञवालीले बतानुभयो ।
त्यस्तै कार्यक्रममा मिसन ग्रास रुटका केन्द्रिय प्रतिनिधि सरीता खनाल भुसालले पार्टी सुद्धिकरण पार्टी बिग्रिएर,टुक्रिएर नभएर बलियो बनाउने उद्धेश्यले सुरु गरिएको बताउनुभएको छ । उहांले नेकपा एमालेविना राष्«ट निर्माणको कल्पनासम्म गर्ने अवस्था नभएको भन्दै यो विषय जनताले राम्रोसंग बुझेको समेत दावी गर्नुभयो । तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष नेत्र वनले गर्नुभएको हो । प्रशिक्षणमा तिलोत्तमा र देवदह गरी सयौं कार्यकर्ता सहभागि थिए ।
तपाईको प्रतिक्रिया