00:00:00
स्थानिय

पक्लिहवा कृषि क्याम्पसमा नेविसंघ र अनेरास्ववियु 

बिहीबार चैत ९, २०७९/ Thursday 03-23-23


चैत्र ९, भैरहवा 
   पक्लिहवा कृषि क्याम्पस भैरहवाको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापतिमा नेविसंघका प्रविन बस्याल विजयी हुनुभएको छ ।  सचिवमा अनेरास्ववियुका हरिकृष्ण पोखरेल र कोषाध्यक्षमा प्रविण बुढाथोकी निर्वाचित भएका छन् ।

सदस्यहरूमा अनेरास्ववियुका विवेक खनाल, उर्मिला क्षेत्री र आशुतोष अधिकारी निर्वाचित भएका छन् भने नेविसंघको तर्फबाट प्रकृति घिमिरे र सुदीप शर्मा तिमिल्सिना सदस्यमा विजयी भएको निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिनुभयो ।

बुधबार निर्वाचन भएको पक्लिहवा कृषि क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघबीच तालमेल भएको थियो ।

तपाईको प्रतिक्रिया