स्थानिय
क्रिकेटर प्रतिश जिसीलाई गृह जिल्ला प्यूठानमा एक लाख नगद र सम्मान
बिहीबार चैत ९, २०७९/ Thursday 03-23-23
चैत ९, प्यूठान
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य प्रतिश जिसीलाई गृह जिल्ला प्यूठानमा सम्मान गरिएको छ । बिहीबार प्यूठानको झिमरुक गाउँपालिकाले नगदसहित जिसीलाई सम्मान गरेको हो । विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै एक दिवसीय विश्वकप छनोट खेलमा छनोट भएको अवसरमा जिसीलाई झिमरुक गाउँपालिकाले नगद एक लाख रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरेको हो ।
प्यूठान जिल्लाबाट पहिलो पटक राष्ट्रिय टिमका सदस्य बनेका जिसीलाई थप प्रगतिको कामनासहित गाउँपालिकाले सम्मान गरेको हो । यसैबीच, नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य प्रतिश जिसीलाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले नगद ५० हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
त्यस्तै पोख्रेल फाउन्डेसनले पनि जिसीलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ ।
तपाईको प्रतिक्रिया