फागुन २३, तिलोत्तमा
कोरियाका संघिय सांसद तथा कोरिया–नेपाल संसदिय समितिका अध्यक्ष लि साङ हन ले नेपालमा कोरिया सरकार नेपाल संग सधै सहकार्य गर्न तयार रहेको बताउनुभएको छ् । उहाँले कोरिया नेपाल बीचको सम्बन्ध सुदृढ रहेको उल्लेख गर्दै कोरियाले नेपाललाई कृषि, उद्योग, पर्यटनको क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
मंगलबार तिलोत्तमा उद्योग बाणिज्य संघले आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्दै हनले नेपालबाट बर्षेनी हजारौंको संख्यामा नेपालीहरु कोरिया गएर नेपाली सिपलाई प्रदर्शन गरेको बताउनुभयो । उहाँले तिलोत्तमा उद्योग बाणिज्य संघ, तिलोत्तमा नगरपालिकासंग पनि सहकार्य गर्न ईच्छुक रहेको बताउनुभयो । कोरिया देश धेरै मेहनतले अहिले विश्वमा उत्कृष्ट भएको उल्लेख गर्दै नेपालको विकासका लागि सरकारका साथै आम नागरिक पनि जिम्मेवारी हुनुपर्ने उल्लेख गर्नुभयो ।
होली मिलन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले कोरियाले तिलोत्तमा नगरपालिका भित्र सहकार्य गर्न तयार रहे आफुहरुको साथ रहने बताउनुभयो । उहाँले अहिले मौसमी कामदार कोरियामा गइरहेको भन्दै नेपालबाट गएका नेपालीहरु तोकेको काम र समयमा भन्दा बढि कोरियामा बस्दा केही समस्या उत्पन्न भएको सुनाउनुभयो । साथै उहाँले होली पर्वले हामी नेपालीहरु बीचमा एकता र भाईचारको विकास गरेको बताउनुभयो ।
संघका अध्यक्ष गुणानिधी तिवारी (माधव) को अध्यक्षता तथा महासचिव राजकुमार पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार पशुपती घिमिरेले होलीका नाममा हुन सक्ने विकृती रोक्न हामी सवै लाग्नुपर्ने बताउनुभएको थियो ।
तपाईको प्रतिक्रिया