00:00:00
स्थानिय

जनशक्ति नभएको भन्दै सशस्त्रप्रहरीले १० लाख बढीको अवैधकोइला छाड्यो

बिहीबार फाल्गुण १८, २०७९/ Thursday 03-02-23

हरि शर्मा,परासी
१८ फागुन २०७९

  नवलपरासीको सशस्त्रप्रहरीले जनशक्ति नभएको भन्दै अवैध रुपमाल्याइएको कोइला बरामद नगरी छाडेको छ । बिहीबार भारतीय सीमा नाकाबाट ल्याउँदै गरेको ५ टेक्टर मध्ये तीन वटा टेक्टरको कोइला बरामद गरिएको छ । अन्य दुई टेक्टरबाट ल्याइएको कोइला जनशक्ति नभएको भन्दै त्यसै छाडिएको हो ।

  जिल्लाको भूजहवा र पचफेडा नाकाबाट ५ वटा टेक्टरमा भन्सार छलेर कोइला ल्याइएको थियो । नेपाल प्रहरीको पचफेडाचौकी हुँदै ल्याइएको कोइलालाई सशस्त्र प्रहरीले बरामद गरेको हो । तर दुई वटा टेक्टरमा ल्याइएका कोइला खन्याएर फालेको भन्दै शसस्त्रले उठाएको छैन । तीन वटा टेक्टरबाट बरामद भएको ६० क्वीन्टल कोइलाको मूल्य १६ लाख ८० हजार रहेको शसस्त्र प्रहरीले जनाएको छ ।

 सीमानाकासँग जोडिएको प्रतापपुर गाउँपालिका–४ हरकपुरामा रहेको गोदाममा स्टक गर्न कोइला ल्याइएको बताइएको छ । टिनको छाना राखेर बनाइएको गोदाम वरपर अहिले १० लाख बराबरको करिब ४० क्विण्टल अवैधकोइला रहेको बताइएको छ । अवैध कोइला नउठाइएको बारे शसस्त्र प्रहरी बल नेपाल नं. २६ हे.क्वा.काउपरीक्षक(एसपी)धीरेन्द्र न्यौपानेले दुई वटा टेक्टर कोइला खन्याएर भागेको र जनशक्ति नभएकाले त्यसै छाडिएको बताउनुभयो । न्यौपानेले छाडिएको कोइला उठाउन नसकिने बताउदै बरामदभएको कोइला महेशपुर पठाइने जानकारी दिनुभयो ।

 जनशक्तिको बहानामा अवैध सामान छाड्न मिल्नभन्ने जिज्ञासा राख्न खोज्दा सशस्त्रप्रहरी लुम्बिनी प्रदेश प्रमुख (डिआइजी) विदुर खड्कासँगको पटक पटकको मोबाइल सम्पर्क उठ्न सकेन । जिल्ला सुरक्षा समितिका प्रमुख एंव प्रमुखजिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अवैध सामान कुनै पनि बहानामा छाड्न नमिल्ने बताउनुभयो ।

  आफूलाई तीन वटा टेक्टरको मात्र जानकारी दिइएकोले त्यसबारे बुझ्ने भन्नुभयो । शसस्त्रप्रहरीको मिलमतोमा कोइला छाडिएको आरोप छ । छाडिएको कोइलालाई रातको समयमा कारोबारी आएर उठाउने भएकाले आर्थिक प्रलोभनमा परेर छाडिएको स्थानीयको दाबी छ ।
 
इट्टा उद्योगमा कोइलाको प्रयोग हुने गरेको छ । स्थानीय उद्योगमा प्रयोग गर्नका लागि कोइला ल्याइएको बताइएको छ । कोइलाको न्यूनतम ८ रुपैयाँप्रति केजी भन्सार लाग्ने गरेको महेशपुर भन्सार कार्यालयका निमित्त प्रमुख खेम थापाले बताउनुभयो । कोइलाको श्रेणी हुने भएकाले दर भाउमाकम बेसी हुने भएकारण भारतीयबिल हेर १० देखि १४ रुपैयाँप्रति केजीपनि पर्न सक्ने महेशपुर भन्सार कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया