00:00:00
राष्ट्रिय

प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक चैत ५ गतेसम्मलाई स्थगित  

बुधबार फाल्गुण १७, २०७९/ Wednesday 03-01-23

फागुन १७, काठमाडौं
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सरेको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक चैत ५ गते आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको हो ।

संसद् सचिवालयले विशेष कारणले स्थगित भएको बताएको छ । राष्ट्रपति निर्वाचन र आठ दलीय गठबन्धन लगायतका विविध कारणले प्रतिनिधिसभाको बैठक सारिएको बताइएको छ । अर्को बैठक फागुन २५ गतेको राष्ट्रपति र चैत ३ गतेको उपराष्ट्रपतिको निर्वाचनपछि बस्नेछ ।

तपाईको प्रतिक्रिया