00:00:00
स्थानिय

प्रजनन स्वास्थ्थ महत्वपुर्ण पाटो स्वाथ्थ मन्त्री पन्थी

शनिबार फाल्गुण १३, २०७९/ Saturday 02-25-23

बुटवल २०७९ फाल्गुन १३

         लुम्बिनी प्रदेशका स्वास्थ्थ मन्त्री विण्णु पन्थीले प्रजनन स्वास्थ्थ मानव जीवनका लागि अति महत्वपुर्ण विषय भएकाले सबै सम्बेदनशिल हुनु पर्ने बताउनुभएको छ । पन्थीले यो संम्बेदनशिलतालाई ध्यानमा राखेर मन्त्रालयले आगामी कार्ययोजना बनाउने बताउनुभयो । सबै क्षेत्रले यसको महत्वलाई बुझेर काम गर्नसक्ने हो भने कुनै पनि आमाले प्रसुतीको अवस्थामा ज्यान गुमाउन नपर्ने भन्नुभयो ।

   कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भगवती घिमिरेले सरकारी स्वास्थ्थ संस्थाहरुमा कार्यरत स्वास्थ्थ कर्मीहरुको आनीबानीले पनि स्वास्थथ सेवा लिन आउनेहरुलाई प्रभावित बनाउने भएकाले त्यस विषयमा पनि स्वास्थ्थ संस्था र स्वास्थ्थकर्मीहरु सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

  कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उपसचिव महेश पाण्डेयले सरकारले लागु गरेका सबै निति नियमहरु संघ संस्थामा सहि रुपमा कार्यानयन भए नभएको निगरानी सबैले गर्नु पर्नेमा जोड दिनुभएको थियो । महाशाखा प्रमुख पुष्पराज पौडेलले अब सन्तान जन्माउदा कुनै पनि आमाले मृत्यु वरण गर्ने पर्ने अवस्था नआओस भन्नका लागि यस्ता कार्यक्रमहरुले महत्वपुर्ण अर्थ राख्ने बताउनुभयो ।

 सञ्चारिका समुह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले अब सञ्चारकर्मीले प्रज्जन स्वास्थ्थलाई जोडेर समाचार लेख्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वास्थ्थ मन्त्रालयका नर्सिग अधिकृत सुनिता खनालले लुम्बिनी प्रदेशको प्रजनन स्वास्थ्थ अवस्थाका बारेमा जानकारी दिनुभयो ।

  जिल्ला स्वास्थ्थ कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले अबका दिनमा प्रजनन स्वास्थ्थका कुरा घर घरमा जानकारी हुनु पर्ने भन्दै त्यसका लागि स्वास्थ्थ कार्यालयले विभिन्न कार्यक्रमहरु गरिरहेको बताउनुभयो ।

 कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख विना राना,लुम्बिनी सास्कृतिनगर पालिकाका उपप्रमुख कल्पना हरिजन, कञ्चन गाँउपालिकाका उपाध्यक्ष मौसमी थापा विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया