00:00:00
स्थानिय

तिलोत्तमामा परिक्षा शुल्क उठाए बिद्यालयलाई कारबाही

शुक्रबार फाल्गुण १२, २०७९/ Friday 02-24-23

रुपन्देही -तिलोत्तमा
२०७९ फाल्गुन १२

   तिलोत्तमा नगरपालिका रुपन्देहीले बिद्यालयमा कक्षा ८ को परिक्षा शुल्क उठाए कानुन अनुसार कारबाही गर्ने जनाएको छ ।

 नगरपालिकाले एक सुचना जारि गर्दै नगरले सबै परिक्षाको व्यवस्थापन गर्ने जानकारी गराउदै कुनै पनि बहानामा बिद्यालयबाट परिक्षा शुल्क उठाएको जानकारी पाउना साथ् नगरपालिकामा खबर तथा उजुरी गर्न अभिभावकहरुलाई आग्रह गरेको छ ।

नगरपालिका स्तरको एसईई मोडलमा परिक्षा गराउने र सोही अनुसार चेक जांच समेत गराउने संगै परिक्षा प्रश्न पत्र, उत्तर पुस्तिका समेत पठाउने गरि तयारी गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो।

तिलोत्तमा नगरपालिकाको नगर परिक्षा संचालन तथा व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार नगर भरी रहेका निजि तथा सामुदायिक बिद्यालामा कक्षा ८ को परिक्षा चैत्र ७ गते शुरु गरि १५ गते सक्ने समेत निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया