स्थानिय
रुपन्देही सैनामैनामा बेहुला बेहुली सवार कार ट्रकमा ठोक्किदा ४ जना घाइते
बिहीबार फाल्गुण ११, २०७९/ Thursday 02-23-23
रुपन्देही-बुटवल २०७९ फाल्गुन
रुपन्देहीको सैनामैनामा पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाईन विचको जङगलमा पश्च्मिबाट पूर्व तर्फ आउँदै गरेको लु ३ च ८९२ नम्बरको ट्रकमा विहीबार विहान लु २ ख ४३० नम्बरको कार ठोक्किदा ४ जना घाइते भएका छन् । कार बेहुला बेहुली लिएर फर्कदै गरेको बताइएको छ ।
दुर्घटनाबाट कारमा सवार बाँकेको राप्ती रोनारी गाउँपालिका–९ की २२ वर्षीया कविताकुमारी थारु, सोही ठाउँकी २३ वर्षीया शुशिला थारु, १५ वर्षीय विवश थारु र नवलपरासी पश्च्मि सरावल गाउँपालिकाका २५ वर्षीय कृष्णा चौधरी घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
घाइते मध्ये कविताकुमारी थारुको अवस्था गम्भीर रहेको र अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिया