00:00:00
खेलकुद

विश्वकपको एशिया छनोटका लागि नेपाल आज सिंगापुरसँग खेल्दैै

बिहीबार फाल्गुण ११, २०७९/ Thursday 02-23-23

फागुन ११, काठमाडौँ 
१९ वर्षमुनिको विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर खेल्दै छन् । हिजो साँझ युएई पुगेको नेपाली १९ वर्षमुनिको टोलीले आजको पहिलो खेल सिंगापुरसँग खेल्न लागेको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसीसी १९ वर्षमुनिको विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाइ गरेको थियो । नेपाललले दोस्रो खेल २५ फेब्रुअरी (फागुन १३ मा) कुवेतसँग खेल्नेछ भने २७ फेब्रुअरी अर्थात फागुन १५ गते हङकङसँग खेल्ने तालिका रहेको छ । फागुन १६ गते मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिनपछि अन्तिम खेल २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ ।

खेलमा विजेता टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्वकप खेल्ने मौका पाउने छन् । १९ वर्षमुनिको क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले देव खनाललाई कप्तान चयन गर्नुभएको छ । टोलीमा देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे,  हेमन्त धामी, दुर्गेश गुप्ता, दीपक बोहरा, आकाश चन्द, सुवास भण्डारी, विशालविक्रम केसी र मिलन बोहरा रहेका छन् ।

तपाईको प्रतिक्रिया