00:00:00
राष्ट्रिय

भोलिदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु हुँदै 

बुधबार फाल्गुण १०, २०७९/ Wednesday 02-22-23

फागुन १०, रुपन्देही
   सरकारले भोलिदेखि २५ गतेसम्म तराई मधेशसहितका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार कपिलवस्तु, दाङ, बाँके, झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ । सरकारले ४८ जिल्लामा भने हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान बन्द गरेको छ ।

यस अघि चलाइएको औषधि खुवाउने अभियान ४८ जिल्लामा प्रभावकारी भएको र ती जिल्लामा जोखिम नरहेको महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले बताउनुभयो । उहाँका अनुसार हिमाली ८ जिल्ला सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला कालिकोट, मुगुमा हात्तिपाइले विरुद्धको औषधि खुवाउन अभियान सञ्चालन गर्न आवश्यक भए नभएको बारे अनुसन्धान हुँदैछ ।

भोलिदेखि अभियान सुरु हुने १५ जिल्लामा यस अघि १४ औँ पटकसम्म औषधि खुवाए पनि प्रभावकारी नदेखिएकाले फेरि अभियान चलाउन थालेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया