00:00:00
स्थानिय

स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालककाे ज्यान गयाे

सोमबार फाल्गुण ८, २०७९/ Monday 02-20-23

स्याङ्जा २०७९ फाल्गुन ८

  स्याङ्जाको वालिङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । जगत भञ्ज्याङबाट मिर्दीका लागि छुटेकाे ग १ त ६८८६ नम्बरकाे ट्र्याक्टर वालिङ-६ को आम्डालीमा दुर्घटना भएकाे हाे।

गएराति ढुङ्गा बोकेको ट्र्याक्टर अनियन्त्रित भइ सडकबाट १५ मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक चापाकोट-२ का नविन सुनार र वालिङ-८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा ज्यान गएको हो।
चालक नविनको उपचारका क्रममा वालिङ अस्पतालमा र सहचालक विकको पोखरामा ज्यान गएकाे प्रहरीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया