फागुन २, तिलोत्तमा
तिलोत्तमा नगरपालिका वडा नं ४ को कार्यालयले जेष्ठ नागरिक तथा अपाङ्गता सम्मान कार्यक्रम गरेको छ । वडा अध्यक्ष हरि बहादुर क्षेत्रीको अध्यक्षता तथा नगरपालिका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यमा कार्यालय प्राङ्गणमा मंगलबार भएको जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान तथा सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा उपप्रमुख जागेश्वरदेवी चौधरी, नेकपा माओवादि केन्द्रमा नगर अध्यक्ष बेल प्रसाद शर्मा, वडाका सदस्यहरु, नेपाली कांग्रेसका वडा सभापती किशोर क्षेत्री, वडा सदस्यलगायत भिविन्न प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा नं ४ का ८० जना ज्येष्ठ नागरिकहरूलाई ब्ल्यांकेट र खाद्य सामाग्री वितरण गर्नुका साथै निशुल्क आँखा जाँच गरिएको थियो ।
तपाईको प्रतिक्रिया