00:00:00
खेलकुद

आठौं मणिमुकुन्द कप भलिबलको फाइनलमा नवलपुर र स्याङजा भिड्दै

शनिबार माघ २८, २०७९/ Saturday 02-11-23

रुपन्देही-बुटवल
२०७९ माघ २८

   रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आज हुंदैछ । तिलोत्तमा–२ स्थित तिलोत्तमा क्यापस छेउको क्लबको खेल मैदानमा दिउसो १ बजे हुने फाइनलमा जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुने छ ।

 खेल संयोजक सुरेन्द्र गुरुङका अनुसार फाइनल अघि विहान १० बजेदेखि तेस्रो स्थानका लागि जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पर्वतका बीच प्रतिसप्रधा हुनेछ। शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई र स्याङ्जाले पर्वतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

 प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार सहित रनिङ शिल्ड र उप विजेताले १ लाख नगद र तृतीय हुने समूहले ५० हजार र सान्त्वना हुने समूहले ३० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो।

 विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैरी बेस्ट सटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । खेल अवलोकनका लागि दर्शकको चाप अत्यधीक भएको र प्याराफिटमा सिट सीमित भएको आयोजकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया