00:00:00
स्थानिय

बुटवल–बर्दघाट विद्युत प्रसारण लाइन आजदेखि ४ घण्टा बन्द

बिहीबार माघ २६, २०७९/ Thursday 02-09-23

माघ २६ , रुपन्देही । 
    बुटवल–बर्दघाट १३२ केभी डबल प्रसारण लाइनमा बिहीबार (आज) देखि दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नवलपरासी पश्चिम सुनवल नगरपालिका बडेरास्थित न्यू बुटवल सबस्टेशन नजिकै प्राधिकरणको कालिगण्डकी प्रसारण कोरिडोर आयोजनाको एमसीटी १६ को टावर निर्माण गर्न विद्युत प्रसारण बन्द (सट डाउन) गर्न लागेको नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ ।

महाशाखाले सार्वजनिक गरेको सूचनामा आजदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत अवरुद्ध हुने उल्लेख छ ।

प्रसारण लाइनमा विद्युत आपूर्ति बन्द हुँदा प्राधिकरणको बुटवल ग्रीड महाशाखा अन्तर्गत बुटवल, सुनवल र मैनहिया (रुपन्देही) सब स्टेशनहरुबाट सञ्चालित औद्योगिक क्षेत्र तथा गाह्रस्थ उपभोक्ताहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ । 

तपाईको प्रतिक्रिया